३४ औँ जिल्ला स्तरीय रेडक्रस गोष्ठी आदर्श मा. वि. मा सम्पन्न

स्याङ्जा । स्याङ्जा जिल्ला कालीगण्डकी गाउँपालिका वडा नं २ स्थित श्री आदर्श माध्यमिक विद्यालय लसर्घा बेसीको आतित्यतामा तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा स्याङ्जाको आयोजनामा २०८१ साल वैशाख महिनाको २७ र २८ गते ३४ औँ जिल्ला स्तरीय रेडक्रस गोष्ठी सम्पन्न भएको छ । उक्त गोष्ठीमा स्याङ्जा जिल्ला भरिका ६६ वटा विद्यालय सहभागी भएका थिए । गोष्ठीको पहिलो दिन उद्घाटन सत्र कालीगण्डकी गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक सावित्रा कोइरालाको प्रमुख आतिथ्यता र बिशिष्ट अतिथिको रुपमा कालीगण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्याय, नेपाल  रेडक्रस  सोसाइटी स्याङ्जाका सभापति दिनेश अर्याल, नेपाल रेडक्रस सोसाइटी चितवनका संयोजक हरि पौडेलको विशेष आतिथ्यता रहेको थियो। अध्यक्षता युवा तथा जुनियर रेडक्रस सर्कल आदर्श माविका अध्यक्ष आरती आले मगरको रहेको थियो भने कार्यक्रमको सञ्चालन आदर्श मावि का रेडक्रस शिक्षक नायक नारायणप्रसाद न्यौपानेले गर्नुभएको थियो। कार्यक्रमको समापन गोष्ठीको पछिल्लो दिन २८ गते कालीगण्डकी गाउँपालिका का प्रमुख तथा गाउँपालिका राष्ट्रिय महासङ्घका केन्द्रीय महासचिव खिमबहादुर थापाको प्रमुख आतिथ्यता र नेपाल रेडक्रस सोसाइटी स्याङ्जाका अध्यक्ष दिनेश अर्याल विशिष्ट अतिथी रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता युवा तथा जुनियर रेडक्रस सर्कल आदर्श मावि का अध्यक्ष श्री आरती आले मगर को थियो

कार्यक्रम भव्य रुपमा सफल बनाउन स्थानीय क्लब, आमा समूह विभिन्न संघसंस्था, शिक्षक स्टाफ,पूर्व शिक्षक तथा विद्यार्थीहरु , स्वयंसेवक विद्यार्थीहरू, शिक्षाप्रेमी समाजसेवी व्यक्तित्वहरूको विशेष भूमिका रहेको थियो । म सेवा गर्छुू भन्ने रेडक्रसको भावना अनुरूप नै स्थानीय तह साथै स्थानीय क्लबहरुले निस्वार्थ आर्थिक एवं भौतिक क्षेत्रमा ठूलो सहयोग गरेका थिए भने गाउँबासी र सिंगो समुदायबाट आर्थिक सहयोग र रातिको बसाइको लागि व्यवस्थापनमा सहयोग गर्नुभएको थियो। पूर्व विद्यार्थीहरु एवं शुभेच्छुकहरूले पनि आर्थिक सहयोग गर्नुभएको थियो। कार्यक्रममा नेपाली कांग्रेस कालीगण्डकी सभापती नर बहादुर राना, कालीगण्डकी १ का वडाध्यक्ष कृष्ण बहादुर लामिछाने , वडा न २ का अध्यक्ष खगिसरा आले , ४ का अध्यक्ष यादव प्रसाद पाण्डेय सुन्दरले कार्यक्रमको सफलताको लागी शुभकामना व्यक्त गर्नु भएको थियो ।

 

 

 

 

Organizational Structure

भीमबहादुर थापा

प्रधानाध्यापक

✆ ९८५७०३१७८८

तारा प्रसाद थापा

वि‍.व्य.स. अध्यक्ष

✆ ९८५७०३१७८८