विद्यालयको परिचय
विद्यालयको नाम÷ठेगानाः श्री आदर्श माध्यमिक विद्यालय, कालीगण्डकी गाउँपालिका–२, लसर्घाबेसी, स्याङ्जा
विद्यालय स्थापना मितिः नि.मा.वि. २०३०-१०-०७
मा.वि.२०३५-०१-०७ क्षे.शि.नि.पोखराको पत्र
उ.मा.वि.२०६२-०२-३१ उच्च माध्यमिक शिक्षा परिषद्
भौगोलिक अवस्था
गण्डकी प्रदेश, स्याङ्जा जिल्लाको पश्चिमी क्षेत्रको कालीगण्डकी गाउँपालिका अन्तर्गत वडा नं. २ मा अवस्थित यस विद्यालय सिद्धार्थ राजमार्गको गल्याङ् जिरोबाट करीव ३५ कि.मी. पश्चिम नेपालकै एक प्रख्यात धार्मिक स्थल आलमदेवी मन्दिरको काखमा रहेको छ । यहाँ मध्यम खालको हावापानी र हल्का भिरालो जमिनवाट बनेको भू–बनावट रहेको छ । यस क्षेत्रमा विशेष गरेर जनजाति (मगर), दलित, ब्राम्हण गरी विभिन्न जातजातिका मानिसहरु बसोबास गर्दछन् ।
विद्यालय रहेको समुदायको बनोट
अ) विद्यालय सेवा क्षेत्र भित्रका समुदायहरुसँग सम्बन्धित विवरण ः
मातृभाषा ः (मुख्य) नेपाली, मगर
धर्म ः (मुख्य) हिन्दु, क्रिश्चियन
चाडपर्व र जात्रा ः दशै, तिहार, तिज, माघे सक्रान्ति, होली (यौनाट), जनैपूर्णिमा, मगर दिवस,
क्रिसमस डे………..
विद्यालयको सेवाक्षेत्र
कालीगण्डकी गाउँपालिका वडा नं २ मा रहेको यस विद्यालयको सेवा क्षेत्र भन्नाले यस विद्यालयमा आर्थिक, सामाजिक, शारीरिक लगायत हरेक हिसावले सहयोग पु¥याउनुको साथै अध्ययन कार्यमा सहभागी हुने वा विद्यार्थी पठाउने अभिभावक बसोवास गर्ने क्षेत्रहरुलाई सेवा क्षेत्रको रुपमा परिभाषित गरिएको छ ।
विद्यालयको सेवा क्षेत्रहरुको पहिचान
मूलत यो विद्यालय कालीगण्डकी गाउँपालिका वडा नं. २ मा रहेको छ । यस कालीगण्डकी गाउँपालिकाको लसर्घाबेसी र कोटाकोटको प्रतिनिधित्व गर्ने भएतापनि अन्य स्थानका बालबालिकाहरु पनि यहाँ आउने गर्दछन् । यस विद्यालयको सेवा क्षेत्र भित्र पर्ने यसै वडा अन्तर्गत टुम्लेक, घुरडाँडा, झेविरडाँडा, मसाहार र वडा नं. १ को छापडाँडा, टुङकोट, वीरखरक, फेदी लगायत क्षेत्रलाइ यस विद्यालयको सेवा क्षेत्रको रुपमा लिन सकिन्छ । यस विद्यालयको सेवा क्षेत्रबाट बिशेषगरी जनजाति (मगर), दलित र ब्राम्हण समुदायका बालबालिकाहरु यस विद्यालयमा अध्ययन गर्न आउछन् ।
विद्यालयमा सञ्चालित कार्यक्रम
यस विद्यालयमा कक्षा ६ देखि १२ सम्म सञ्चालनमा रहेको छ । माध्यमिक तह ९/१० मा अनिवार्य विषय बाहेक ऐच्छिक विषयको रुपमा ऐ.गणित, अर्थशास्त्र विषयहरु छन् भने ऐ. द्घितीयको रुपमा लेखा, शिक्षा लगायतका विषयहरु छन् । यसैगरी कक्षा ११ र १२ मा शिक्षा, व्यवस्थापन र मानबिकी अन्तर्गतका विषयहरु संचालनमा रहेका छन् । आधारभूत तहसम्म कालीगण्डकी गाउँपालिकाको पहिचानको रुपमा रहेकोस्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक कार्यान्वयनमा छ ।
