१. विद्यालयको परिचय
१.१ ऐतिहासिक पृष्ठभूमि २
१.२ भौगोलिक अवस्था ४
१.३ विद्यालय रहेको समुदायको बनोट ४
१.४ विद्यालय सेवा क्षेत्र ५
१.५ विद्यालयमा सञ्चालित कार्यव्रmम ६
१.६ विद्यालय सेवा क्षेत्रको रैथाने ज्ञान, सिप, शैली ६
२. विद्यालय सुधार योजना निर्माण प्रव्रिmया
२.१ पछिल्लो विद्यालय सुधार योजनाको समीक्षा
२.२ विद्यालय सुधार योजना निर्माण प्रव्रिmया
३. विद्यालयको अवस्था विश्लेषण
३.१ विद्यालयको वर्तमान अवस्था विश्लेषण ८
३.२ मुख्य समस्या र समाधानका उपाय १७
४. योजना निर्माण
४.१ विद्यालयको दूरदृष्टि १८
४.२ उद्देश्य १८
४.३ रणनीतिहरु १८
४.४ लक्ष्य निर्धारण १९
४.५ पाँच वर्षका लागि कार्यकलाप निर्धारण २०
४.६ पाँच वर्षका लागि बजेट अनुमान २२
५. पहिलो वर्षको वार्षिक कार्यान्वयन योजना
५.१ विस्तृत कार्यकलाप र बजेट २७
५.२ वार्षिक कार्य तालिका
५.३ अनुगमन योजना
अनुसूची
१. विद्यालय सुधार योजना निर्माण कार्यशालाको उपस्थिति प्रतिलिपि
२. विद्यालय सुधार योजना स्वीकृतिको निर्णय प्रतिलिपि
२. विद्यालय सुधार योजना निर्माण प्रक्रिया
२.१ पछिल्लो विद्यालय सुधार योजनाको समीक्षा
विद्यालय सुधार योजना वार्षिक कार्यान्वयन योजना २०८० को कार्यान्वयन तथा उक्त अवधिमा हासिल भएका मुख्य उपलब्धीहरू, सुधारात्मक पक्ष, सिकाइ देहाय अनुसार रहेको छ ।
| मुख्य उपलब्धिहरु | सुधारात्मक पक्ष |
| ग्रेडवृद्घि परीक्षा संचालन | विद्यार्थीहरुको शैक्षिक स्तर वृद्घि |
| विद्यालयको लोगो अंकित झोला वितरण | जंकफूड प्रयोगमा सुधार |
| प्यारापेट निर्माण | खाली पिरीयड व्यवस्थापन |
| स्टाफबाट अध्ययन अवलोकन भ्रमण | कक्षा १० को एक घण्टे अतिरिक्त कक्षा संचालन |
| कक्षाकोठा सजावत | वर्षे विदामा अतिरिक्त कक्षा संचालन |
| अभिभावक आगन्तुक रजिष्टर कार्यान्वयन | बिहानी प्रार्थनामा सोमबार क्वीज |
| उत्प्रेरणात्मक तथा हस्तलेखन सीप तालिम | अभिभावक प्रतिबद्घता कार्यान्वयन |
| हलकोठा मर्मत | जन्मोत्सव मनाउन थालनी |
२.२ विद्यालय सुधार योजना निर्माण प्रक्रिया
- विद्यालय सुधार योजना निर्माण कार्यदल गठन
- विद्यालय सुधार योजना निर्माणका लागि आवश्यक तथ्यांक संकलन
- विव्यस, शिअसं., अभिभावक, शिक्षक, विद्यार्थी, शिक्षाप्रेमी वुद्घिजीवी समाजसेवी समेतलाई सहभागी गराई
- विद्यालयस्तरीय कार्यशाला सञ्चालन । कार्यशालामा बिशेषगरी चार वटा प्रश्नमा केन्द्रित रही समूहगत छलफल तथा सुझाव संकलन
- विद्यालय सुधार योजना निर्माण कार्यदलद्वारा विद्यालय सुधार योजनाको मस्यौदा लेखन गरी पेस । विव्यसद्वारा निर्मित योजनाको लेखाजोखा गरी स्वीकृति ।
- विद्यालय सुधार योजना तयारीका क्रममा प्रयोगमा ल्याइएका स्रोतहरु
- विद्यालय सुधार योजना निर्माण सहयोगी–पुस्तिका २०८०
- एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली
- विद्यार्थी शिक्षक हाजिरी अभिलेख
- विद्यालयको आय–व्यय विवरण
- विद्यार्थी मूल्यांकन अभिलेख
- सामाजिक परीक्षणको प्रतिवेदन
- विद्यालय स्वमूल्यांकन रुजु सूची
- विद्यालय निरीक्षणका क्रममा प्राप्त सुझावहरु आदि ।

योजना निर्माण
४.१ दूरदृष्टि निर्धारण
विद्यालयले दीर्घकालीन रूपमा हासिल गर्न चाहेको गन्तव्यबिन्दु पहिचान गरी त्यसलाई
दूरदृष्टिको रूपमा उल्लेख गरिएको छ ।
“विद्यार्थीहरुको प्रतिभा पहिचान गरी समान अवसर र प्रविधिमैत्री गुणस्तरीय शिक्षाको माध्यमबाट हरेक विद्यार्थीलाई सक्षम, सृजनशील र जिम्मेवार नागरिक बनाउने” यस विद्यालयको दूरदृष्टि रहनेछ ।
४.२ उद्देश्य
(१) औसत सिकाइ उपलब्धि बृद्घि गर्ने
(२) विद्यार्थी केन्द्रित सिकाइ वातावरण सिर्जना गर्ने
(३) न्यूनतम सिकाइ उपलब्धि पूरा गर्न सबै बालबालिकालाई सक्षम बनाई शैक्षिक गुणस्तर
अभिबृद्धि गर्ने
(४) विद्यालय उमेरका सबै बालबालिकाहरुलाई विद्यालयको पहुँचमा ल्याउने
(५) विद्यालयको भौतिक अवस्थामा सुधार ल्याउनुका साथै विद्यालय वातावरणलाई सुरक्षित हरियाली
एवम् बालमैत्री बनाउने
(६) विद्यालयका सबै कार्यकलापमा समुदाय÷अभिभावकको संलग्नता बढाउने
(७) विद्यालय व्यवस्थापनमा पारदर्शिता एवम् जवाफदेहिता अभिवृद्धि गरी सुशासनको प्रत्याभूति गराउने
४.३ आवश्यकता पहिचान एवम् प्राथमिकीकरण
ड्ड अघिल्लो शैक्षिक सत्रको अन्तिममा र नयाा शैक्षिक सत्रको शुरुमा घरदैलो अभियान सञ्चालन गरी विद्यालय उमेरका सबै बालबालिकालाई विद्यालयमा भर्ना गर्ने
ड्ड विपन्न, दलित, छात्रा एवम् अपांगता भएका बालबालिकाहरुका लागि छात्रवृत्तिको व्यवस्था गर्ने
ड्ड विद्यार्थी भर्ना हुनासाथ पूरा सेट पाठ्यपुस्तक निशुल्क उपलब्ध गराउने
ड्ड स्वस्थ र सन्तुलित दिवा खाजा व्यवस्थापनमार्फत विद्यार्थीको पोषण स्थितिमा सुधार ल्याउने
ड्ड पाठ्यक्रमले तोकेको न्यूनतम समय सुनिश्चित हुने गरी पठनपाठनको व्यवस्था मिलाउने
ड्ड मूल्यांकनलाई शिक्षण सिकाइको अभिन्न अंगको रुपमा लिई सबै विद्यार्थीलाई न्यूनतम सिकाइ उपलब्धि हासिल गर्न सक्षम बनाउने
ड्ड सबै खाले बालबालिकाहरुका लागि अनुकुल हुने गरी बसाइ, सिकाइ सामग्री, शिक्षणका तरिकाको अवलम्बन गर्ने
ड्ड शिक्षकको कक्षा अवलोकन गर्ने व्यवस्था मिलाई पेसागत सहयोग उपलब्ध गराउने
ड्ड सूचना तथा सञ्चार प्रविधिलाई शिक्षण सिकाइ र व्यवस्थापकीय कार्यमा उपयोगमा ल्याउने
ड्ड शिक्षक र विद्यार्थीको परिचालनमार्फत विना वा कम मूल्यका शैक्षिक सामग्रीको संकलन एवम् निर्माण गरी शिक्षणमा प्रयोग गर्ने
ड्ड विद्यार्थीको नियमितता र सिकाइमा सुधार ल्याउन अभिभावक शिक्षा कार्यक्रम, अभिाभवक भेटघाट एवम ् भेला जस्ता कार्यक्रम सञ्चालन गर्ने
ड्ड विद्यार्थी नतिजाको विश्लेषण गरी शिक्षण सुधार योजना निर्माण तथा कार्यान्वयन गर्ने
ड्ड विद्यालय भवन, कक्षाकोठा, शौचालय एवम् विद्यालय परिसरको नियमित मर्मत सम्भार तथा सरसफाइ गर्ने
ड्ड विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ तथा शिक्षक स्टाफ बैठक नियमित बसी सिकाइ सुधारका कार्यक्रम तय गरी कार्यान्वयन गर्ने
ड्ड शिक्षा ऐन तथा नियमावली, प्रचलित कानुनको पूर्ण पालना गर्ने
ड्ड नतिजाका आधारमा शिक्षक प्रोत्साहन एवम् दण्ड दिने परिपाटी बसाल्ने
ड्ड सामाजिक परीक्षण एवम् लेखापरीक्षणलाई प्रभावकारी बनाई विद्यालय सुधारमा प्रयोग गर्ने ।

