बडा दशैं २०८१ को शुभकामना !!
दशैं तिहारको आशीर्वादबाट प्राप्तहुने शक्ति र समृद्धिको शुभकामना ! जीवनलाई अनन्त यात्रा भनिएको छ । यात्रा नितान्त वैयाक्तिक हुन्छ । जस्तो गंगा नदीको गङ्गोत्री देखि गंगासागर हुँदै महासागरमा हुने समागम् । यो समागम् लाई मृत्यु वा रुपान्तरण दुवै भन्न सकिन्छ यद्यपि महासागर सम्मको यात्रा नै नदीको परम् लक्ष्य हुन्छ । महापुरुषहरुको कथनलाई सापटी लिने हो भने मनुश्यले प्राप्त गर्ने बुद्धत्व नै महासागर सँगको मिलन हो। यस पर्वमा प्राप्त हुने दृश्य–अदृष्य आशीर्वादले यहाँहरुको अनन्त यात्रा छोट्याओस ! मन–मस्तिष्कमा प्रेम, श्रद्धा, धैर्यता लगनशिलता र अन्तर प्रतिभाको उजागर गरोस् भन्ने हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं ।

दशैं तथा दिपावलीको उपलक्ष्यमा मंगलमय शुभकामना
हिन्दु नेपालीहरुको चाड दशैं तथा दिपावलीको उपलक्ष्यमा सम्पुर्ण अविभावक, चन्दादाता, शिक्षाप्रेमी समाजसेवी, सम्पुर्ण भुपु तथा कार्यरत शिक्षक भुपु तथा अध्ययनरत विद्यार्थीहरु विव्यस पदाधिकारीहरु शिक्षक अविभावक संघका पदाधिकारीहरु, विद्यालयका सम्पुर्ण शुभचिन्तकहरु लगायत देश तथा विदेशमा रहनुहुने सम्पुर्णमा विद्यालय परीवार हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौं ।
भीम बहादुर थापा (प्रधानाध्यापक)
तारा प्रसाद थापा (वि.व्य.स. अध्यक्ष)
तथा विद्यालय परिवार


पुनश्च – सूचनाः
- दशैं विदा यही कार्तिक 1 गते सम्म हुने छ । कार्तिक 02 गते देखि सम्पूर्ण कक्षाहरु यथावत् रुपमा सञ्चालन हुनेकुराको जानकारी गराउँदछौं ।
