श्री आदर्श माध्यमिक विद्यालयमा लेखाशास्त्र शिक्षकको लागि दरखास्त आह्वान

 

स्याङ्जा, २०८२ कार्तिक १८ — कालीगण्डकी गाउँपालिका–२, लसर्घाबेसी स्थित श्री आदर्श माध्यमिक विद्यालयले लेखाशास्त्र विषयको शिक्षक पदका लागि करार सेवामा दरखास्त आह्वान गरेको छ ।

विद्यालयले जारी गरेको सूचना (पत्र संख्या ०८२/०८३ मा च‍‍. नं. २३) अनुसार गाउँपालिकाको मिति २०८२/०७/१८ को स्वीकृति पत्रका आधारमा विद्यालयमा रिक्त रहेको शिक्षक पद पूर्तिका लागि योग्यता पुगेका नेपाली नागरिकहरूबाट दरखास्त माग गरिएको हो ।

पदको विवरणः

  • पद: शिक्षक
  • विषय: लेखाशास्त्र
  • तह: माध्यमिक तह (कक्षा ११–१२)—- साविक उ‍.मा.वि.
  • नियुक्ति प्रकार: करार
  • शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट लेखाशास्त्र मुख्य विषय लिएर स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने।

आवेदनमा संलग्न गर्नुपर्ने कागजातहरूः

  • नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • शैक्षिक योग्यता प्रमाणपत्रहरूको प्रतिलिपि
  • अध्यापन अनुमतिपत्र (लाईसेन्स) को प्रतिलिपि
  • व्यक्तिगत विवरण (Bio-data)

आवेदन शुल्कः

रु. १५०० (एक हजार पाँच सय रुपैयाँ मात्र)

छनोट प्रक्रिया:

लिखित तथा अन्तरवार्ता (आवश्यकताअनुसार प्रयोगात्मक परीक्षा समेत) मार्फत छनोट गरिनेछ।

महत्वपूर्ण मितिहरूः

  • दरखास्त बुझाउने अन्तिम मिति: २०८२ मंसिर २ गते कार्यालय समयभित्र
  • परीक्षा मिति: २०८२ मंसिर ३ गते, मंगलवार, बिहान ८ बजे

थप जानकारीका लागि सम्पर्कः

फोन नं.: ९८५७०६५६६६
Email: adarshaschool.lasargha@gmail.com

नाेटः विद्यालयले योग्य तथा इच्छुक उम्मेदवारहरूलाई तोकिएको समयमा सम्पूर्ण कागजात सहित आवेदन पेश गर्न अनुरोध गरेको छ । साथै, दिइएकाे उल्लेखित नम्बरमा सम्पर्क गरी आवश्यक पर्ने सम्पूर्ण कागजातहरुलाइ एउटै PDF फाइलमा संकलन गरेर विद्यालयकाे Gmail ID मा पठाएर पनि दरखास्त पेश गर्न सकिने जानकारी गराइन्छ । 


Organizational Structure

भीमबहादुर थापा

प्रधानाध्यापक

✆ ९८५७०३१७८८

तारा प्रसाद थापा

वि‍.व्य.स. अध्यक्ष

✆ ९८५७०३१७८८